Logo
२२ बैशाख २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एलपी ग्यास भन्दा सस्तो इन्डक्सन चुलो !

लक डाउनको समयमा खाना पकाउने एलपी ग्यासको कमी भए विकल्पमा इन्डक्सन चुलो सस्तो हुने भएको छ।

सर्वसारधारणले अधिक मात्रामा ग्यास सिलिण्डरको संचित गरेकाले बजारमा ग्यासको केही कमी हुन थालेको छ।

भारतले नेपाललाई मासिक कोटा अनुसार ग्यास प्रदान गर्दै आएको छ। चालू महिना सकिन ६ दिन बाँकी रहँदा १५ हजार मेट्रिकटन मात्रै आयात गर्न बाँकी छ।

यो महिना ५० हजार मेट्रिकटन ग्यास आउनु पर्ने थियो। बुधबार साँझ सम्म ३५ हजार ५ सय ५९ मेट्रिकटन आयात भैसकेको छ। यो परिमाण चालू महिनालाई पुग्ने नै परिमाण हो।

तर लकडाउनकै सयममा उपभोक्ताबाट अत्याधिक माग र सोही अनुसार खपत हुँदा समस्या देखिएको उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार बुधबार जति परिमाणमा आपूर्ति भयो सोही परिमाणमा खपत भएको छ। बुधबार १६ हजार मेट्रिकटन आपूर्ति भएकोमा सो परिमाण नै खपत भएको हो।

ग्यासको माग अत्याधिक हुन थालेपछि भने सरकारले त्यसको विकल्प पनि खोज्न थालेको छ। ग्यास माग कृतिम भएको हुन सक्ने आकलन गरेर, एक परिवारलाई एक सिलिण्डर मात्रै बिक्री गर्न सुरु गरिएको छ।

त्यस्तै, आधा सिलिण्डर बिक्री गर्ने बारे पनि छलफल चलिरहेको बताइएको छ। उद्योगी र ग्यास बिक्रेताहरुको राय अनुसार आधा सिलिण्डर ग्यास बजारमा पठाउन सक्ने गरी उद्योगीलाई अधिकार प्रदान गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जनाकारी दिए।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्