Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारी नियन्त्रण गर्न परीक्षणलाई तीव्रता र मानिसबीचको सम्पर्क रोक्नुपर्छ : WHO

अहिलेको बर्तमान अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने बताएका हुन् ।

१ सय ९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ७८ हजार ७ सय जनामा सङ्क्रमण भइसकेको छ ।

सङ्क्रमतिमध्ये १ लाख १ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ४ सय ९५ जनाक मृत्यु भइसकेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या पहिलो १ लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो १ लाख ११ दिनमा पुगेको थियो । तर अर्को ४ दिनमा नै तेस्रो लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै समेत दिए ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्