Logo
५ जेष्ठ २०८१, शनिबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ जना भन्दा बढी ग्राहक एकै समयमा बैंकमा छिर्न नपाइने

अहिलेको बर्तमान समयमा कोरोना भाइरसको सन्त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको छ ।

उक्त बैठकमा सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्देशन दिएको कुरालाई ध्यानमा राख्दै संघले समेत बैंकमा एकै समयमा २५ जनाभन्दा बढी ग्राहक छिर्नमा रोक लगाउने निर्णय गरेको छ ।

बैठकले सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न निर्देशन समेत दिएको छ । ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीका लागि स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ भने घरबाट काम गर्न मिल्ने कर्मचारीलाई घरमै बसेर काम गर्ने सुझाव दिइएको छ ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिईओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु समेतले छुट्टाछुट्टै भवनमा बसेर काम गर्ने निर्णय गरीएको छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले एक विज्ञप्ति मार्फत अत्यावश्यक काम बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्