Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना न्यूनिकरणको लागि आज ३ बजे नेपाल र चीनबीच भिडियो कन्फरेन्स

बर्तमान समयमा कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि आज दिउँसो ३ बजे नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

उक्त भिडियो कन्फरेन्स आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यलयमा सिंहदरवारबाट हुने र नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनेछन् । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताएका छन् ।

चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको जनाएको छ ।

के के सामान जरुरत पर्छ भन्ने विषयको लिस्ट तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  चीनको वुहान सहरबाट फैलिएको संक्रमणलाई चीन सरकारले लगभग नियन्त्रण गरिसकेको छ। अहिले चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्