Logo
२ जेष्ठ २०८१, बुधबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE : विद्यार्थीको स्वास्थ्य परीक्षणपछि मात्र परीक्षामा सामेल गराइने

भोलीदेखि हुने यस वर्षको विद्यालयस्तरीय (एसइई) परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

‘कोरोनाभाइरस’ संक्रमणको जोखिम बढ्दै गएका बेला हुन लागेको परीक्षामा स्वास्थ्य परीक्षणपछिमात्र परीक्षामा सामेल गराइने छ ।

दिनहुँ स्वास्थ्य परीक्षण गरेरमात्र विद्यार्थीलाई परीक्षामा सामेल गराइने भएकाले ढुक्क भएर परीक्षामा सहभागी हुन परीक्षा नियन्त्रक रामराज खकुरेलले आग्रह गरे ।

चैत ६ देखि १४ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना गरिने जनाएको छ ।

यस वर्ष दुई लाख ३९ हजार ९१ छात्र र दुई लाख ४३ हजार ६१६ जना छात्रा गरी चार लाख ८२ हजार २१९ विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । परीक्षाका लागि एक हजार ९९५ ओटा परीक्षा केन्द्र ताकिएको छ ।

‘भाइरल इन्फेक्सन’ र रुघाखोकी लागेका व्यक्तिलाई छुट्टै परीक्षा दिन ‘आइसोलेसन’ कक्षाकोठासमेत छुट्याइने परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

 

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्