Logo
२ जेष्ठ २०८१, बुधबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौमा ट्राफिक जाम कम गर्न निजी विद्यालय समय परिवर्तनको प्रस्ताव

बर्तमान समयमा ट्राफिक जाम कारण सर्वसाधरणले सास्ती भाग्नु परेको बेलामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ।

ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न प्रस्ताव गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।

केही निजी विद्यालयले विद्यार्थीलाई टाढाटाढाबाट बसमा ल्याउने गरेकाले कार्यालय जाने र फर्कने समयमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

अहिले सबैजसो निजी विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन् ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्