Logo
२ जेष्ठ २०८१, बुधबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षाबारे उच्चस्तरीय समितिमा छलफल हुने

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठक दिउँसो चार बजे बोलाइएको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको बैठक रक्षा मन्त्रालयमा बोलाइएको हो । बैठकमा माध्यमिक शिक्षा परीक्षा एसईई बारे समेत छलफल हुने जनाइएको छ ।

६ चैतबाट सुरु हुने एसईई परीक्षाको बारेमा छलफल साथै पर्यटन व्यवसायीहरुसँग मुख्य कुराको छलफल गर्ने निर्णय गरेका ह्न् । परीक्षार्थीहरुलाई सुरक्षित बनाउन गरिने कार्ययोजनाबारे समेत बैठकमा छलफल हुँदैछ ।

त्यस अगाडि समितिका संयोजक एवम् मन्त्री पोखरेलले पर्यटन व्यवसायीहरुसँग छलफल गर्दैछन् ।

 

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्