Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी ३ अस्पतालमा कोरोना भाइरसका बिरामीको मात्र उपचार गरिने, २३५ वटा आईसीयु

काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण आउन नदिन विशेष तयारी गरिरहेको जनाएको छ ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई नेपालमा आउन नदिन विशेष तयारी गरेको बताएका छन् ।

उनले उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ वटा आईसीयु तयारी गरिएको बताए । “कोरोना भाइरसलाई नेपालमा आउन नदिन विशेष तयारी गरेका छौं,” उनले भने, “अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी छ ।”

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले १५५ बेडको आइसोलेसन बेड पनि तयारी अवस्थामा राखेको बताउदै तीन अस्पतालमा कोरोना भाईरस विरुद्ध उपचार गर्नका लागि तयारी अपस्थामा राखेको बताए ।

डा.देवकोटाका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन विज्ञान प्रतिष्ठान र नेपाल एपी.एफ अस्पताल कोरोना भाईरस विरुद्ध बिरामीको उपचारका लागि हाल तयारी अपस्थामा रहेका छन् ।

जानकारी दिए । उनले भने, “”

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्