Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरका ९ महिनादेखि ५ वर्ष उमेरसमूहका ५० हजार बालबालिकालाई दादुरा – रुवेला खोप लगाइँदै

यहाँका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका ९ महिनादेखि ५ वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए ।

उनले भने, “नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो ।”

अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पु¥याउन अनुरोध गरे।

उनले भने, “मुलुकमा बढ्दै गएको कोरोनाको सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ ।” गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिए ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्