Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले हवाई तथा स्थल मार्गबाट आवतजावात गर्ने नेपालीलाई कुनै असर नगर्ने

भारतले हिजो मध्यरातिबाट लागू हुने गरी भीसा बन्द गरेपनि हवाई तथा स्थल मार्गबाट आवतजावात गर्ने नेपालीलाई कुनै असर नगर्ने स्पष्ट पारेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई कुनै प्रभाव नपार्ने जनाएको छ । ‘हाललाई यी उपायहरुले हवाई तथा स्थल मार्गद्धारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन।

अर्को शब्दमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्राभव पार्ने छैन, ‘भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्धारा जारी रिभाइज्ड ट्राभल एड्भाइजरी र अध्यागमन विभागद्धारा जारी भीसा रेस्ट्रिक्सन्स रिलेटेड टु कोभिड १९ सम्बन्धमा भारतीय राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइनेछ ।’

तर, नेपाली वा तेस्रो मुलुकमा यात्रुमा कोभड १९ को लक्षण देखिएमा वा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राखिने उल्लेख छ । भारतले कुटनीतिक तथा केही महत्वपूर्ण भीसाबाहेक विदेशी नागरिकका लागि सबै किसिमका भीसा बन्द गरेको हो । यसबाट भारतमा नेपाली र भुटानीबाहेकका नागरिकले भीसा पाउनेछैनन् ।

विश्वव्यापी महामारी घोषणा भएको कोरोना भाइरस फैलन नदिन यस्तो कदम चालेको जनाएको छ । कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेपछि भारतले एक महिनाका लागि भीसा बन्दको निर्णय लिएको हो ।

तर, नेपाली नागरिकको हकमा आवत्जावत्मा कुनै रोकावट हुनेछैन । भारतसँग सीमा जोडिएको साँढ १८ सय किलोमिटरमा सहज आवतजावत् चल्दै आएको छ । भारतसँग नेपाल र भुटानका नागरिकको विना भीसा आवत्जावत हुँदै आएको छ ।

नेपालीहरु भारत जाने र भारतबाट नेपालीहरु आउने क्रम सहज रुपमा चल्दै आएको छ । नेपालको अधिकांश आयात भारतको बाटोबाट हुनेगर्छ ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्