Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबारे जानकारीका लागि सरकारद्वारा पैसा नलाग्ने नम्बर जारी, तर फोन भने उठ्दैन

कोरोना भाइरस (कोभिड–१५) बारे जानकारी  पाउन १११५ मा सम्पर्क गर्न सकने सुविधा दिइएको छ । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गरेर जानकारि पाउन सुकिनेछ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।

महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्ला पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको पनि उहाँले जानकारी दिनुभएको छ ।  यद्यपी सरकारले चौबिसै घण्टाक सेवा दावी गरेतापनि उक्त नम्बरमा फोन गर्दा फोन उठ्ने गरेको छैन् ।

यो समचार तयार पार्दापर्दै १२ बजेर ४० मिनेटमा उक्त दिइएको टेलिफोन नम्बरमा नागरिक टाइम्सले सम्पर्क गर्दा अहिलेकुनै पनि प्रतिनिधि उपलब्ध नरहेको कम्प्युटर अवाज प्रभाह भएको थियो ।

 

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्