Logo
५ जेष्ठ २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ स्थित सुनसरीको भारतीय सिमा नाकामा देवानगंज गाउँपालीकाले राख्यो हेल्थ डेक्स

प्रदेश १ स्थित सुनसरीको भारतीय सिमा नाकामा देवानगंज गाउँपालीकाले आजदेखि हेल्थ डेक्स राखेको छ ।

चीनको उहानबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी माहामारीका रुपमा रहेको नोभल कोरोना भाइरसको सचेतनाका लागि नेपाल भारत सिमास्थित देवानगंज गाउँपालिका ३ कप्तानगज छोटी भन्सार कार्यालय अगाडिमा स्वास्थ्य हेल्थ डेस्क राखिएको छ ।

देवानगंज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले एक कार्यक्रमकाबीच सो हेल्थ डेस्कको सुरुवात गरेका थिए । नजिक्कैको भारतीय बजार फुलकाहा दैनिक १ हजार भन्दा वढी मानिसहरु नेपाल भारत वारीपारी गर्ने गरेको देवानगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले बताए ।

नेपाल-भारत सिमासँगै रहेको कप्तानगंज छोटी भन्सार अगाडि राखिएको सो स्वास्थ्य हेल्थ क्याम्पमा चेकजाँचमा रहनुभएका शसस्त्र तथा जनपद प्रहरीको टोलीले शंका लागेका नागरिकलाई हेल्थ डेक्समा पठाउने र त्यहा रहनुभएका स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरि शंका लागेमा तुरुन्त एम्बुलेन्समा राखि कोशी हस्पिटल विराटनगर, विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा भर्ना गरिने न्यौपानेले बताए ।

यसैबीच नेपालबाट भारततर्फ जाने भारतबाट नेपालतर्फ आउने नागरिकलाई फेस माक्स दिने तथा स्वास्थ्यका लागि स्वास्थ्य हेल्थ डेक्स राखेर चेकजाँच गरिने वडा नम्बर ३ वडा अध्यक्ष मजलुम मियाँले बताए ।

यो हेल्थ डेक्सको स्थापनाले कोरोना सचेतनाको साथमा सम्भावित दुर्घटनालाई रोक्ने प्रमुख प्रसाककिय अधिकृत न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्