Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालद्धारा आइसोलेसन वार्डको क्षमता विस्तार

बाग्मती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालले कोरोना भइरसबाट संक्रमित भएका र संक्रमणको लक्षण देखिएका विरामीहरुलाई राख्न आइसोलेसन वार्डको क्षमता विस्तार गरेको छ ।

भरतपुर अस्पतालले विहीबार एक सुचना निकाली ५ शैँयाको आइसोलेसन वार्डलाई विस्तार गरि १९ शैयाको बनाइएको जनाएको छ । अस्पतालले ३ सदस्यीय ‘कोभिड–१९ आउट ब्रेक म्यानेजमेन्ट टीम’लाई विस्तार गरी १३ सदस्यीय बनाएको छ ।

हालसम्म अस्पतालका अनुसार २ जनाको नमूना परीक्षण गरिएकोमा नेगेटिभ रिपोट देखिएको र बिहीबार थप एकजनाको नमूना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाइएको जनाएको छ ।

अस्पतालले पछिल्लो १० भित्रमा रुघाखोकी तथा ज्वरो आएको, २ हप्ताभित्र कोरोना जोखिम देशमा भ्रमण गरेका वा यस्ता यात्रुसँग सम्पर्क भएका व्यक्तिलाई अस्पतालको कोठा नम्बर २०१ मार्फत सेवा लिन आग्रह गरेको छ ।

अस्पतालले आफ्नो स्वास्थ्यप्रति आम नागरिकलाई सचेत रहन सबैलाई अनुरोध गरेको छ । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै अस्पतालको शैँया बढाइएको मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

 

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्