Logo
५ जेष्ठ २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिवुड अभिनेता टम ह्याक्स पनि भए कोरोनाबाट पीडीत

हलिवुड अभिनेता टम ह्याक्स कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन् ।

ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । आफ्नो ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा कोरोनाको सङ्क्रमण देखिएको बताएका हुन् ।

एल्भिस प्रेस्लेको जीवनमा आधारित फिल्मको छायाँकनको क्रममा ह्याक्स दम्पति अहिले अस्ट्रलियामा छन् । अभिनेता ह्याक्स र विल्सन दुवै ६३ वर्षीय हुन् ।

एकेडेमी अवार्ड विजेता अभिनेताले भने ,‘ हामीले केही थाकेको महसुस र्गयौँ, रुघाखोकी र शरीरको केही भाग दुखेको महसुस र्गयौँ’। उनको यो भनाई मार्फत उनी पनि केरोना भाइरसको सिकार भएको अनुभव गरेका हुन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्