Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब पाल्पामा पनि सामुदायिक डायलाइसिस सेवा शुभारम्भ हुने

प्रदेश नं ५ स्थित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलले पाल्पाको तानसेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाइसिस सेन्टरले सेवा चैत ७ गतेदेखि सेवा शुभारम्भ गर्ने तयारी गरेको छ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाइसिस मेसिन जडान लगायतका सम्पूर्ण काम पूरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको हो। करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट दैनिक ३० जना बिरामीको नियमित डायलाइसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ।

हाल १० वटा मेसिनबाट बिरामीको मिर्गौला डायलाइसिस गरिने र आवश्यकताको आधारमा थप मेसिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए।

पाल्पा सामुदायिक डायलाइसिस सेन्टरका संयोजक बाबुराम बोहराले तानसेनमा डायलाइसिस सेवा शुभारम्भ भएपछि बिरामीहरुको आर्थिकसँगै समयको बचत हुने छ भने डायलाइसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए।

१० वटा मेसिन सहित तानसेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रका मिर्गौलाका बिरामी लाभान्वित हुने छन्।

हाल पाल्पा, गुल्मी लगायतका जिल्लाबाट ६४ जना बिरामी नियमित डायलाइसिसको लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन्।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्षदेखि मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुका साथै विगत १ महिनादेखि दाङको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्