Logo
५ जेष्ठ २०८१, शनिबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२००८ को हिट फिल्म आमिर खानको ‘गजनी’ गजनीको सिक्वेल बन्ने!

सन् २००८ मा आमिर खानको चलचित्र ‘गजनी’ बक्सअफिसमा निकै हिट भयो। जुन चलचित्रको अहिले पनि चर्चा कम छैन। उक्त चलचित्रबाटै आमिर पनि चर्चाको शिखरमा रहे।

अब ‘गजनी’को सिक्वेल बन्न संकेत चलचित्र निर्माता पक्षले गरेको छ। गजनी निर्माता रिलायन्स इन्टरटेनमेन्टले ट्विटरमा गजनीबारे एक ट्विट गरेको छ। उक्त ट्विटपछि सिक्वेल बन्ने चर्चा शुरू भएको हो।

निर्माताले आमिर खानलाई ट्याग गरेर लेखेका छन्, ‘यो पोष्ट गजनीको हो तर, हामी भुलिसक्यौ कि के बनाउन चाहन्छौं।’ उक्त पोष्टलाई लिएर ‘गजनी-२’ बन्नेबारे चर्चा शुरू भएको छ।

विक्रम वेधाको रिमेकको नाम गजनी-२ नै राखिने अनुमान गरिएको छ। गजनीले बलिउडमा १०० करोडका ट्रेण्ड शुरू गरेको थियो। त्यसपछि भने धेरै चलचित्रले १०० करोडको ट्रेण्ड पार गर्दै आएका छन्।

आमिर अभिनित चलचित्र ‘लाल सिंह चड्डा’ प्रदर्शनमा आउँदैछ। यो हलिउड फिल्म ‘फरेष्ट गम्प’को हिन्दी रिमेक हो। अद्धैत चन्दनद्वारा निर्देशित यो चलचित्रमा करीना कपूरको पनि अभिनय छ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्