Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतकी सहायक स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

बेलायतकी सहायक स्वास्थ्यमन्त्री नदिन डोरिसले आफूलाई कोरोना भाइरस९कोभिड-१९० को संक्रमण भएको बताएकी छिन् ।

कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आफू चिकित्सकको सल्लाहमा घरमै ‘सेल्फ आइसोलेसन’ मा बसेको उनले बताएकी छिन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले ट्वीट गर्दै सहायक स्वास्थ्यमन्त्री नदिनमा भाइरसको संक्रमण देखिएकोमा दुःख व्यक्त गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्, ‘नदिनमा कोरोना भाइरसको संक्रमण देखिएकोमा अत्यन्तै दुखी छु। उनले घरमै सेल्फ आइसोलेसनमा बसेर अत्यन्तै उपयुक्त कदम चालेकी छिन्।

सहायक स्वास्थ्यमन्त्री नदिनले पनि ट्वीट गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। आफूलाई ठीक हुँदै गए पनि आफूसँगै रहेकी आमाको भने चिन्ता लागेको उनले बताएकी छिन्।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्