Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा ‘महारुद्रयाग’ आयोजना चैत १३ देखि २५ गतेसम्म हुने

वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ ।

चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी हवन गरिने छ । प्रतिआहुतिमा आँकको समिधा पनि हवन गरिने छ ।
गौशाला, अजा(बाख्रा)शाला, यजमानशाला, पत्नीशाला र हविर्धान मण्डप (हवनीय पदार्थ भण्डार र शोधन गरिने ठाउँ) कैलाशचौरमै स्थापना हुने समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।

महारुद्रयाग सम्पन्न गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको अध्यक्षतामा १०८ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महामारी, उल्कापात एवं विविध दैवीविपत्ति शमन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यस्तो अनुष्ठान गर्न लागिएको आयोजक समितिका उपाध्यक्षसमेत रहेएका तिमिल्सिनाले जानकारी दिए ।

यजुर्वेदको ‘शतपथ ब्राह्मण’ ग्रन्थमा उल्लेख भएको ‘शतरुद्रियं जुहोति’ र ‘अर्कपर्णेन जुहोति’ शब्दको प्रयोग नै सो महारुद्रयाग हुने जनाइएको छ ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्