Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मूर्ति बनाउने हरि खड्काको हत्या गरेर फरार रहेका मान कुमार ७ महिना पछि पक्राउ

मान कुमार थिङ

ललितपुरको बालकुमारीमा मूर्ति बनाउने काम गर्दै आएका मजदुरको हत्या गरेर फरार भएका मान कुमार थिङ ७ महिना पछि पक्राउ परेका छन् ।

उदयपुरको कटारी नगरपालिका–२ गरास घर भइ ललितपुरको बालकुमारीमा मूर्ति बनाउने काम गर्दै आएका ३३ वर्षीय हरि खड्का २८ साउन २०७६ मा मृत फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा खड्कामाथि घटना भएको ३ दिन अगाडि (२५ साउन २०७६)मा कुटपिट भएको भेटिएको थियो ।

हरि खड्का

खड्गालाई मकवानपुरको गढी गाउँपालिका–१ घर भएका कुमार थिङ भन्ने मान कुमार थिङसहितका व्यक्तिले निर्घात कुटपिट गरी घाइते बनाएर छाडेका थिए ।

थिङसहितका व्यक्तिको कुटपिटबाट खड्काको मृत्यु भएको प्रहरीले निष्कर्श निकालेको थियो ।

प्रहरीले कुटपिटमा संलग्नमध्येका १ जना अभियुक्तलाई ७ महिना पछि आइतबार पक्राउ गरेको छ ।

काठमाडौंबाट खटिएको महानगरीय अपराध मशाखाको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले थिङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थिङलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्