Logo
२९ बैशाख २०८१, शनिबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथाममा सरकारले सतर्कता : त्रिभुवन विमानस्थलमा औषधि छर्न थालियो

कारोना भाइरसको जोखिम कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर कोरोनाको जोखिम बढेपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औषधि (स्प्रे) छर्न सुरु गरि थप सतर्कता अपनाइएको सरकारले बताएको छ ।

अहिलेसम्म ४ सय ४१ जनाको नमुना परीक्षण गर्दा १ जना बाहेक कसैमा पनि कोरोना नपाइएको मन्त्रालयले जनाएको छ । कोरोना भएका ती व्यक्ति पनि उपचारपछि पूरै निको भएर काममा फर्किएको मन्त्रालयको दाबी छ ।

यस्तै छिमेकी देशसँगका ३७ वटा नाकामा प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा हेल्थ डेक्स राखेर नेपाल भित्रने यात्रुको जाँच भइरहेको मन्त्रालयले जनाएको छ ।

औषधिको अभाव हुन नदिन अनुगमनलाई तीव्र बनाइएको र देशभित्रको उत्पादन क्षमतालाई पनि बढाउन पहल भइरहेको सूचनामा उल्लेख छ ।
कोरोना भाइरसका बिरामी अहिलेसम्म १ सय १५ देशमा भेटिएका छन् । अहिलेसम्म १लाख १४ हजार ४ सय २२ जनामा कोरोना सङ्क्रमण भएकोमध्ये ६४ हजार ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार २ सय १४ जना उपचाररत छन् ।

गएको २४ घण्टामा चीनमा मात्रै १ हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वका विभिन्न देशमा ४ हजार २७ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमण हुनबाट बच्न भिडभाडमा नजाने, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कने, घर फर्किएपछि कम्तीमा २० सेकेण्ड साबुन पानीले मिचीमिची हात धुने, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खोक्दा र हाच्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव रहेको छ । छ ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्