Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तराई मधेश होली : दुहबी जेसिजको होली मिलन कार्यक्रम

प्रदेश नम्बर १ स्थित सुनसरीको दुहबी जेसिजले सोमवार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । होली मिलन कार्यक्रममा दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साह, एन्फाका केन्द्रिय सदस्य तथा एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले होलीको शुभकामना मन्तब्य दिदैं दुहबी जेसिजले समाजमा गरेको योगदानको बिषयमा चर्चा गरेका थिए ।

होली मिलन कार्यक्रममा नेपाल जेसिजकी उपाध्यक्ष कञ्चन झा, दुहबी ६ का वडाध्यक्ष मुन्ना हलुवाई, ट्राफिक पोष्ट दुहबीका इञ्चार्ज गोपाल श्रेष्ठ, दुहबी जेसिजका पूर्व अध्यक्षहरु, दुहबी जेसिजका पदाधिकारीहरु पत्रकार लगायतको सहभागिता रहेको थियो । दुहबी जेसिजले हरेक वर्ष होली मिलन कार्यक्रम गर्दे आएको छ ।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्