Logo
२९ बैशाख २०८१, शनिबार
(March 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा नाकामा हेल्थ डेक्स : स्वास्थ्यकर्मीलाई नै चेकजाँच गर्न गाह्रो

विराटनगर : भारतसँग सीमा जोडिएको विराटनगरको रानी नाकामा कोरोना भाइरस संक्रमण परिक्षणका लागि हेल्थ डेक्स राखिएको छ ।

भारतीय प्रहरीले निगरानी राखे पनि नेपाल तर्फको डेक्स र सुरक्षा भने कामचलाउ छ । डेक्सका लागि दुई सिफ्टमा ४ कर्मचारीलाई जिम्मेवारी दिइएको छ ।

डेक्समा खटिएका स्वास्थ्यकर्मीलाई नै चेकजाँच गर्न गाह्रो छ । ट्रेन आएको बेला भीड हुने हेल्थ डेक्समा खटिएकी अहेब दिलमाया परियार बताईन् । उनका अनुसार दैनिक २–३ सय मानिसको जाँच हेल्थ डेक्समा हुन्छ ।

कोरोना त्रासका कारण विराटनगर महानगरपालिकाले हेल्थ डेक्स राखे पनि स्वास्थ्यकर्मीको सुरक्षाको पूर्व तयारी छैन । माक्स र हातमा सर्जिकल पञ्जा लगाएर बसेका स्वास्थ्यकर्मी शंकास्पद विरामी आए आफैं जोखिममा रहेको बताउँछन् ।

नाकामा दुई जना स्वास्थ्यकर्मीलाई काम गर्न पनि गाह्रो छ । महानगरले हेल्थ डेक्स बढाइदिए सहज हुने उनीहरुको भनाइ छ ।

फागुन २१ गते प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि पूर्वतयारी अपनाइएको बताए ।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्