Logo
२९ बैशाख २०८१, शनिबार
(March 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको सङ्क्रमण रोक्न झापाको कुमरखोदमा स्वास्थ्य सहायता कक्ष

प्रदेश नं १ स्थित दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सहायता कक्षको शुभारम्भ गरेका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए ।

उनले भाइरसको जोखिम बढ्न नदिन सबैलाई सचेत रहन र सरसफाइमा ध्यान दिन आग्रह गरे । यस कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगल बैंकमा कक्ष स्थापना गरिसकेको जनाइएको छ ।

भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान–प्रदान समेत गरेका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताए ।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्