Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यासको अभाव नहुने, एकैपटक धेरै भण्डारण नगर्न आयल निगमको आग्रह

कोरोना भाइरसको प्रभावका कारण नेपाली बजारमा विभिन्न उपभोग्य बस्तुको कृतिम अभाव सृजना भइरहेको अवस्थामा नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमले सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएको भन्दै ग्यास अभाव नहुने बताएको छ ।
अनावश्यक ग्यास भण्डार गर्दा बजारमा लाइन लाग्नुपर्ने अवस्था हुने, तथा दुर्घटनाको सम्भावना पनि बढ्ने र आपूर्ति व्यवस्था असहज हुनेहुँदा आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र आवश्यक बाहेक नयाँ सिलिण्डर नकिन्न पनि निगमले आग्रह गरेको छ ।

अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ । औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई रहेको छ ।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्