Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने सरकारको दावी

सरकारले ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताउँदै नआत्तिन सबैमा आग्रह गरेको छ ।
ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभयो ।

उहाँले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताउनुभयो । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशकले आग्रह गर्नुभएको छ ।

ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने पनि उहाँले बताउनुभयो । बजारमा दैनिक अनुगमन भैरहेकाले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ । बजारको अवस्थालाई हेरेर अनुगमन अझै बढाउने सरकारको तयारी छ ।

ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन सरकारले आग्रह गरेको छ । लामो समयसम्म ग्यास स्टकमा राख्दा सिलिण्डर पड्कने जोखिम धेरै हुने नेपाल आयल निगमले जनाएको छ ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्