Logo
६ जेष्ठ २०८१, आईतबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा कोरोना भाइरसको त्रास सँगै कालोबजारि बढ्दै

चीनको बुहान राजयबाट २७ डिसेम्बर (२०७६ पुस १४ ) बाट सुरु भएको कोराना भाइरस महामारी भएर मानव जीवनलाई हाहाकार बनाएको कुरा हामी सबैलाई थाहा नै छ । यस्तो अवस्थामा मानवता भन्दा बढी कालोबजारि बढ्दै गएको देखिन्छ ।

यस्तो समयमा मास्क सुरक्षाको लागि चाहिने हुँदा पनि मास्कको दिनदिनै कालोबजारी बढ्दै गएको देखिन्छ । मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ । मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो ।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई १०० देखि २०० रुपैयाँसम्ममा बेच्दै आएका छन् । कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन् । व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ । व्यवसायले मास्क उपलब्ध हुँदा पनि कालोबजारीमा बेच्नलाई स्टकको रुपमा राखने गरेका छन् ।

विभागको टोलीले बिहीबार महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिबाना गराएको थियो । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताए ।

विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ । क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो । पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो । विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो ।

गुनासो संकलन गर्न विभागले हट लाइन नम्बर ११३७ को व्यवस्था गरेको छ । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो । नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ । यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ ।

एक स्वदेशी उद्योगबाट दैनिक करिब पाँच हजार मास्क उत्पादन हुन्छ । कच्चा पदार्थ उपलब्ध नहुँदा मागअनुसार उत्पादन हुन नसकेको श्रेष्ठले बताएका छन् । ‘कोरोना भाइरसको हल्ला चलेसँगै सर्वसाधारणले आवश्यकताभन्दा बढी खरिद गरेको र स्टकमा भएकाले कालोबजारी गरेका कारण अभाव सिर्जना भएको हो,’ श्रेष्ठले भनेका हुन् ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्