Logo
५ जेष्ठ २०८१, शनिबार
(March 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसचिव रुपेश साहलाई मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिवको जिम्मेवारी

प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निमित प्रमुख सचिवको जिम्मेवारी रुपेश कुमार साहलाई दिइएको छ ।

मुख्यसचिव रामकृष्ण सुवेदी विदामा काठमाडौं गएपछि उपसचिव साहलाई प्रमुख सचिवको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रमुख सचिव सुवेदीले साहलाई लिखित रुपमा जिम्मेवारी दिएर विदामा गएको हो । साह मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक वर्षदेखि कार्यरत रहेका छन ।

प्रदेशका मन्त्रालयहरुमा सहसचीव स्तरीय कर्मचारी सचीव रहने ब्यवस्था रहेको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदमा सचीव स्तरीयकर्मचारी प्रमुख सचिव बन्ने प्रावधान रहेको छ ।

तर उपसचिवलाई मुख्यसचिवको जिम्मेवारी कसरी र के अधारमा दिइयो यसबारे केही खुल्न सकेको छैन । सुवेदी र साहलाई सम्पर्क गर्न खोज्दा दुवैजना सम्पर्कमा आएनन् ।

प्रकाशित मिति: Mar 7, 2020

प्रतिक्रिया दिनुहोस्