Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ७ विकेटले पराजित

दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको छ ।जितसँगै वेस्ट इन्डिजले २ खेलको सिरिज क्लिन स्वीप गरेको छ ।

एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी- २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । उसका लागि दासन शनकाले सर्वाधिक ३१ रन बनाए । यस्तै एञ्जेलो म्याथ्युजले २३ तथा थिसारा परेराले २१ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजले १७ ओभरमा ३ विकेट गुमाउँदै एक सय ५८ रन बनायो । उसको जितमा शिमरोन हेतमायर र ब्रान्डोन किङले समान ४३-४३ रन बनाए । यस्तै एन्ड्रयु रसलले ४० तथा रोभमन पावेलले १७ रन बनाए ।

यसअघि पहिलो टी २० खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो ।

प्रकाशित मिति: Mar 7, 2020

प्रतिक्रिया दिनुहोस्