Logo
२ जेष्ठ २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिपको उपाधी भारतलाई


प्रेम गिरि/दुहबी,२३ फागुन
सुनसरीको दुहवीमा सम्पन्न दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान प्रतियोगिताको उपाधि भारतको पटनाले हात पारेको छ । सुनसरी जिल्ला डोरी तान संघ र मनमोहन स्पोर्टस एकेडेमी तथा मोरङ डोरी तान संघको सहकार्यमा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा शुक्रबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा भारतको पटनाले नेपालको एक नम्वर प्रदेश टोलीलाइ हराउँदै उपधी चुमेको
हो । उपाधि सहित भारतले नगद एक लाख ट्रफि मेडल तथा प्रमाण पत्र हात पारेको छ । उपविजेता बनेको नेपालको एक नम्वर प्रदेश टोलीले नगद ५० हजार तथा ट्रफि मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगितामा विजेता तथा उपबिजेता टोलिलाई पूर्व मन्त्री लालबाबु पण्डित र दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले पुरस्कार वितरण गर्दे सम्पूर्ण खेलाडीहरुलाइ शुभकामना दिएका थिए । फाइनल खेलको समापन कार्यक्रममा डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा.शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, मोरङ डोरितान संघका अध्यक्ष रिता न्यौपाने दुहबी नगरपालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । डोरी तान प्रतियोगितामा नेपालका ६ टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, १ नम्बर प्रदेश, ५ नम्बर र आयोजक सुनसरी डोरी तान संघ तथा भारतका बैशाली,विहार,पटना र दरभंगा गरि गरि १० टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्