Logo
२ जेष्ठ २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट बच्न कैलालीको धनगढीका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विश्वव्यापी रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट बच्न सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकामा शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायीक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

“सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभएसम्म मिति २०७६(११(२५ गतेदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरिएको ब्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी अभिभावक र आम नगरवासिमा जानकारी गराइन्छ,” नगर प्रमुख नृपबहादुर वडद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उपमहानगरपालिकाले नगर क्षेत्रभित्र वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडाभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजनामा पनि बन्देज लगाउने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले साथीभाइहरुसँग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा बस्न, मास्क लगाउन, साबुन पानीले कुहिनासम्म हात सफा गर्न, केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न पनि नगरवासीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्