Logo
२ जेष्ठ २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाभाइरस : ३० करोड बालबालिका विद्यालय जान वञ्चित, १४ मुलुकमा विद्यालय बन्द

बर्तमान समयमा विश्वलाई नै चुनौति दिइरहेको कोरोनाभाइरसको संक्रमणका कारण विश्वमा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

चीनका केही प्रान्तमा फेब्रुअरी मध्यदेखि नै विद्यालयहरु बन्द गरिएको छ । चीनमा मात्र करिब २३ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

विश्वका विभिन्न १४ मुलुकले विद्यालय बन्द गरेको जनाइएको छ । कोरोना संक्रमणका कारण इटलीले देशभरका विद्यालय बन्द गरेको छ । जापानले पनि विद्यालयहरु बन्द गरेको छ । अन्य ९ वटा मुलुकमा आवश्यकता अनुसार शैक्षिक संस्था बिदा गरेका छन् । यस्तै, फ्रान्सले १ सय २० वटा विद्यालय बन्द गरेको छ ।

युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसको संक्रमणको डरले विश्वका ३० करोड बालबालिका स्कुल जान सकेका छैनन् ।

चीनमा कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेकाहरुमा फेरि संक्रमण देखापरेको जनाइएको छ । वुहानका चिकित्सकहरुका अनुसार संक्रमण निको भएर पठाइएका मानिसहरु फेरि संक्रमित भएको पाइएको छ ।

चीनका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने प्राथमिक तहका कक्षाहरु टेलिभिजनमार्फत सञ्चालन भइरहेको छ ।

कोरोनाभाइरसको संक्रमण भएकाहरुमध्ये ५७ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्