Logo
२३ बैशाख २०८१, आईतबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको दुहबीमा जिल्ला स्तरिय वक्तृवकला समपन्न

सुनसरीको दुहबीमा जिल्ला सहकारी संघ सुनसरीको आयोजनामा वक्तृवकला प्रतियोगिता समपन्न भएको छ ।

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा बिहीवार दुहबी ५ स्थित श्रीजनकल्याण साकोसको सभाहलमा भएको कार्यक्रममा सुनसरी जिल्ला भरीका कक्षा ११ र १२ का १३ ओटा बिद्यालयका १३ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

दिगो विकास लक्ष्य प्राप्तीकालागि सहकारी प्रति स्थानियतहको भूमिका शिर्षकमा भएको वक्तृवकला प्रतियोगितामा प्रथम हुँने सरस्वती मावि धरानका अभिषेक खतिवडा, दोश्रोमा पब्लिक मावि धरानका स्वस्तिका धमला र तेश्रो हुँने जनसहयोग माविका सुवास निरौला भएका थिए ।

राष्ट्रिय सहकारी दिवसका दिन प्रथम दोश्रो र तेश्रो हुँनेलाइ क्रमस १० हजार ७ हजार र ५ हजार नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने सहकारी नगरसमन्वय समिति दुहबीका अध्यक्ष रामकुमार पाठकले बताए ।

जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइरालाको अध्यक्षतामा भएको उक्त वक्तृवकला प्रतियोगिता कार्यक्रम सहकारी नगरसमन्वय समिति दुहबीको संयोजनमा समपन्न भएको हो । निर्णायक शिक्षकहरु तेजप्रसाद तिम्सना,गोमा कुमारी गिरी र मिलीराम चौधरी रहेका थिए ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्