Logo
२३ बैशाख २०८१, आईतबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुष्काको पहलमा नेपाल आइपुगिन् मिस वर्ल्ड टोनी

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको पहलमा मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् ।

टोनीसहित मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेस पनि नेपाल आइपुगेका हुन् ।

नेपाल आएकी टोनी र बाँकी टिमलाई स्वागत गर्न श्रेष्ठसहित ‘दि हिडन ट्रेजर’का पदाधिकारी पुगेका थिए ।

उनीहरू बिहीबार बिहान १०:१५ बजे नेपाल अवतरण गरेका हुन् । उनीहरू दि हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२०’ को उपलक्ष्यमा नेपाल आएका हुन् ।

यो ३ दिनको बसाइमा उनीहरू र मिस वर्ल्ड २०१८ र २०१९ ‘ब्युटी विथ पर्पस विजेता शृङ्खला खतिवडा र अनुष्का श्रेष्ठको प्रोजेक्ट क्षेत्र मकवानपुर र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्