Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राखेपको तयारीले (ईपीएल) क्रिकेट समेत प्रभावित हुने सम्भावना

काठमाडौं : राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न सरकारले आग्रह गरेसँगै राखेपले यस्तो तयारी थालेको हो ।
खेल प्रतियोगिताहरु के गर्ने भन्ने छलफल भइरहेको राखेप सदस्य सचिव रमेश सिलवालले बताए ।

तर मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ ।

यदि राखेपले खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएमा चैत १ गतेबाट हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट समेत प्रभावित हुनेछ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्