Logo
२३ बैशाख २०८१, आईतबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घोराहीमा मोतियाविन्दुबाट पीडीतहरुलाई नि : शुल्क शल्यक्रिया

मोतियाविन्दुबाट पीडीत एक सय जानालाई राहत पुगाउँदै उपमहानगरपालिकाको आर्थिक सहयोगबाट निःशुल्क शल्यक्रिया गरिएका हुन् ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाल, अस्पतालका प्रशासक किरण पौडेल, नेत्ररोग विशेषज्ञ डा कौशल पोख्रेललगायतले चश्मा तथा औषधी वितरण गर्नुभएको छ ।

विभिन्न वडा नगरका आर्थिक समस्या भएका र मोतियाविन्दुका कारण दृष्टि कमजोर भएका मानिसहरुलाई उपमहानगरले नेपाल नेत्रज्योति संघ तथा राप्ती आँखा अस्पतालसँग साझेदारी गरी शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो छ ।

घोराहीमा विभिन्न वडाका ४५ जना पुरुष र ५५ जना महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । साथै आर्थिक स्थिति कमजोर भएकाहरुलाई निःशुल्क शल्यक्रिया गरेर चश्मा र औषधीसमेत वितरण गरिएको छ ।

 

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्