Logo
२३ बैशाख २०८१, आईतबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलीमा महामूर्ख सम्मेलनको तयारी : लिस्टमा पूर्वप्रधानमन्त्री देखि मुख्यमन्त्रीसम्म

प्रदेश नं २ स्थित जनकपुरधाममा महामूर्खहरुको सम्मेलनको तयारी तिव्रगतीमा सुरु भएको छ ।

यस वर्ष पनि महामूर्खहरुको सम्मेलन फागुन २६ गते आयोजना हुनेभएको छ । प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षणमध्ये महामुर्ख सम्मेलन पनि एक हो ।

जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४ मा तत्कालिन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमललाई यो उपाधी दिइएको थियो ।

यस्तै वि.सं.२०६६ मा पूर्व मन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादव, २०७० मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजय कुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतोलाई दिइसकिएको छ।

यस्तै वि.सं.२०७२ मा समसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो भने २०७३ सालमा सप्तरीको मलेठमा तत्कालिन एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापको स्थगित भएको थियो ।

२०७४ मा महामुर्खको उपाधी राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो।त्यस्तै गत वर्ष जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई महामुर्खको उपाधी प्रदान गरिएको थियो ।

फागु पर्वको प्रमुख आकर्षण मध्येका महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी कार्य युद्धस्तरमा भइरहेको छ ।

महामुर्खको लागि यस पटक पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्र्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर मध्ये कुनै एकजनालाई महामुर्खको उपाधि दिने तयारी भइरहेको छ ।

मिनापले महामुर्खका लागि करिब आधा दर्जन व्यक्तिको पहिलो सूची तयार पारी सकेको छ । त्यो सूचीमध्ये कुनै १जनालाई यो महत्वपूर्ण उपाधी प्रदान गरिने जानकारी मिनापका सचिव संदिप साहले दिएका छन्।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्