Logo
२३ बैशाख २०८१, आईतबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजले प्रेम स्विकार नगर्ने देखेपछि सुनसरीमा प्रेमी-प्रेमिकाद्धारा कोशीमा हाम्फालेर आत्महत्या

प्रदेश १ स्थित सुनसरीमा एक प्रेमी जोडीले सप्तकोशीमा हाम्फालेर आत्महत्या गरेका छन । समाजले आफूहरुबीचको प्रेम स्विकार नगर्ने देखेपछि  उनीहरुले आत्माहत्या गरेका हुन् ।

अन्र्तजातीय प्रेममा रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का एक प्रेमी जोडीले सप्तकोशी नदीमा हाम्फालेर सामूहिक आत्महत्या गरेका हुन ।

आइतबार दिउँसोदेखि बेपत्ता भएका सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षीया किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षिय पारस लिम्बुले सप्तकोशी नदीमा हाम्फालेका हुन् ।

मोबाईल र चप्पल कोशी किनारमा छाडेर हाम्फालेका दुबैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक विनोद शर्माले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो किशोरीको शव भेटिएको थियो । सोमबार बेलुका युवकको पनि शव भेटिएको छ । बराह ७ देवीघाट बस्ने बर्देवा र सोही वडाको सोमबारे बस्ने लिम्बुले आइतबार दिउँसो कोशीमा हाम्फालेका थिए ।

उनीहरु आइतबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका थिए । सोमबार नदी किनारमा किशोरीको शव भेटिएपछि प्रहरीले खोजी गर्दा दुई जोर चप्पल र दुईवटा मोबाइल फेला पारेको थियो ।

खोजी गर्ने क्रममा कोशी किनारमा भेटिएको मोबाइल र चप्पल बेपत्ता युवककै भएको आफन्तले पुष्टि गरेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरु प्रेमी पे्रमिका थिए ।

बर्देवा दलित र लिम्बु जनजाति समाजको भएकामा उनीहरुको प्रेमलाई विवाहमा परिणत गर्न समाज बाधक बन्ने स्थिति महसुस गरेर उनीहरुले सँगै आत्हत्या गरेको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्