Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एफए कपको क्वार्टर फाइनल पुग्ने पहिलो टिम बन्यो आसनर्ल

तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २—० ले हराउँदै आर्सनल अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । साथै आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पोर्ट्समाउथको मैदानमा भएको खेलमा ७३ प्रतिशत बल पोसेसन बनाएको आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले एक–एक गोल गरे ।पोर्ट्समाउथविरुद्धको खेलमा आर्सनलले ६ जना २० वर्षभन्दा मुनिका खेलाडी उतारेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा पापास्थाथोपाउलसले रेइस नेल्सनको पासलाई उत्कृष्ट भली प्रहार गर्दै आर्सनललाई अग्रता दिलाए । पोर्ट्समाउथको मैदानमा भएको खेलमा ७३ प्रतिशत बल पोसेसन बनाएको आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले १—१ गोल गरे ।

आर्सनल एफ ए कपको क्वार्टन फाइनल पुग्ने पहिलो टिम बनेको छ ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्