Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेकूको आइसोलेसन वार्डमा राखियो कोरोनाभाइरस संक्रमणको आशंकामा ४ जना

चीनको बुहानबाट उत्पति भएको कोरोना भाइरको संक्रमण विश्वभर फैलिने क्रममा नेपालमा पनि कोरोनाभाइरसको संक्रमणको आशंकामा ४ जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा कोरोना संक्रमणको आशंकामा भर्ना गरि आइसोलेसन वार्डमा राखिएको छ ।

दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका १ जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । आइतबार दिउँसो ३ बजेसम्म २ जना र बेलुकी थप २ जना टेकु अस्पताल पुगेका थिए ।

भाइरस संक्रमण प्रभावित देशहरु दक्षिण कोरिया र चीनबाट फर्केका नेपालीहरुमा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले बताए । उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले आज रिर्पोट आउने बास्तोलाले बताए

चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । हालसम्म ती २ देशबाट आएका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्