Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त भारतीय राजदूत क्वात्रा आए नेपाल, सोमवारदेखि जिम्मेवारी सम्हाल्ने

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुगेका छन् । उनी बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।

फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले ले नेपालको राजदूत नियुक्त गरेका हुन् । सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भारतको प्रतिनिधित्व गरेका थिए ।

शालिन कुटनीतिज्ञको छवि बनाएका मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले नेपालमा नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रालाई काठमाडौ पठाउने निर्णय गरेको थियो ।

नेपालमा आएका भारतीय राजदुतहरु मध्ये श्यामशरणपछी उनलाई पहिलोपटक सर्वाधिकार सम्पन्न राजदुतको रूपमा नेपाल पठाइएको हो ।

भारतीय विदेश मन्त्रालयले जनवरी ३० मा नै क्वात्रालाई नेपालका लागि राजदूत नियुक्तिको निर्णय सार्वजनिक गरेको थियोे ।

क्वात्रालाई राजनीतिक अधिकार पनि दिइएको छ ।  यसाघी नाकाबन्दी पछि छवि बिग्रेको अवस्थामा आएका राजदूत पुरिलाई राजनीतिक अधिकार दिइएको थिएन ।

भारतीय विदेश मन्त्रालयमा कार्यरत एकजना अधिकारीका अनुसार नेपालमा बढी रहेको एण्टि भारतीय मोमेनन्टलाई कम गर्नु र नेपालमा चाइना, पाकिस्तानको खुल्ला गतिविधि माथी नजर राख्नु क्वात्राको मुख्य जिम्मेवारी हुनेछ ।

त्यसैगरी नेपाल-भारतवीच सुमधुर सम्बन्ध बनाउन अपनाउनु पर्ने जुनै निर्णय लिने अधिकार क्वात्रालाई हुनेछ । तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् ।

उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् । क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ ।

क्वात्राको संक्षिप्त जीवनी
क्वात्रा सन् १९८८ समूह (ब्याुच) बाट लागि भारतीय विदेश सेवामा प्रवेश गरेका अधिकृत हुन् । काठमाडौं आउनुअघि उनी फ्रान्समा राजदूत थिए ।

उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्ता संयुक्त राष्ट्र संघका विभिन्न अंगमा पनि काम गरेका छन् ।

चीन र अमेरिकामा भारतीय कूटनीतिक नियोगलाई सफल रुपमा उभ्याउन उनको उल्लेख्य योगदान छ ।

भारत र क्यानडा सम्बन्धलाई पनि उचाईंमा पुर्याउन भूमिका खेलेका थिए ।

जेनेभामा मानव अधिकार आयोगमा कार्यरत रहँदा उनले ग्रेजुएट स्कूल अफ इन्टरनेशनल स्टडीजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरे। दक्षिण अफ्रिका र उज्बेकिस्तानमा कूटनीतिक मिसनहरूमा पनि उनले काम गरेका छन्।

उनसँग भारतमा आतंकवाद विरोधी विभागका इन्चार्ज र प्रधानमन्त्री कार्यालयमा सह सचिवको पद सम्हालेको पनि अनुभव छ ।
क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् ।

क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व पनि गरे । विदेश मन्त्रालयमा अमेरिका डिभिजन प्रमुखका रूपमा काम गरे, जहाँ उनले संयुक्त राज्य अमेरिका र क्यानडासँग भारतको सम्बन्धहरू सम्हाले ।

क्वात्राले व्यवसाय प्रशासनमा स्नातकोत्तर र अर्थशास्त्रमा एमफिल डिग्री गरेका छन्। पूजासँग विहे गरेका क्वात्राका दुई छोरा छन् ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्