Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो लक्ष्य पछ्याउँदै नेपाल एक ३२ रनमै रोकिए

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

हङकङका लागि निजाकत खानले सर्वा्धिक ४८ रन बनाए । त्यस्तै अन्य ब्याट्सम्यानले औसत प्रदर्शन गरे ।

कुशल मल्लले एक विकेट लिए भने सुशन भारी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिन सफल भए । यो खेलमा विकेटविहीन बनेका मुख्य बलर करण केसी केही महँगो साबित भए । उनले तीन ओभरमा ३३ रन खर्चिए । त्यस्तै पारस खड्का र अभिनाश बोहरा पनि विकेटविहीन बने ।

नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ किनभने पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएका थिए । मलेसियाले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याउँदा नेपाल एक ३२ रनमै रोकिएको थियो ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्