Logo
१५ बैशाख २०८१, शनिबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपा लिग : अवे गोलमा ओलम्पियाकोस बाजी मार्न सफल, आर्सनल पराजित

पहिलो लेगमा १-० को अग्रता बनाएको आर्सनल दोस्रो लेगमा ५३ औँ मिनेटमा पापे अबु सिस्सेको गोलले पछि परेको थियो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो ।

अवे गोलको आधारमा ओलम्पियाकोससँग पराजित हुँदै इङलिस क्लब आर्सनल युरोप लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएका हुन् ।

११९ औँ मिनेटमा युसेफ एल अरबीले गोल गर्दै खेललाई समग्रमा २–२ को बराबरीमा ल्याएका थिए । खेलको अन्तिम समयमा औबामियाङले गोलको लागि सुन्दर अवसर खेर फालेपछि ओलम्पियाकोसले बाजी मार्न सफल भएका छन् ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्