Logo
१६ बैशाख २०८१, आईतबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४८ देशमा फैलियो कोराना भाइरस, ८० हजार भन्दा बढीको भयो सफल उपचार

बर्तमान समयमा विश्वको चासो र चिन्ताको विषयमा रहेको चीनको वुहानबाट सुरुभएको कोरोना भाइरस अहिलेसम्म विश्वका ४८ देशमा फैलिसकेको छ ।

कोरोनाका कारण २८ सय ४ ले ज्यान गुमाइसकेका छन् भने ८२ हजार १ सय ६६ जना सङ्क्रमण भएको पुष्टि भइसकेको । अहिलेसम्म चीनमा २ हजार ७ सय ४७ जनाको ज्यान गइसकेको छ ।

हाल चीनमा मात्रै ३२ हजार ५ सयँ ७ जना कोरोना सङ्क्रमित उपचारपछि घर फकिएका छन भने चीनबाहिरको ३ सय १० जना घर फर्किएका छन् ।

चीनमा गएको २४ घण्टामा थप ३२ जनाको मृत्यु भएको छ भने ४ सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप १ जनाको मृत्यु भएको र ३ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा ७, फ्रान्स र हङकङमा २–२ तथा ताइवान र फिलिपिन्समा १–१ जनाको मृत्युभएको छ ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्