Logo
२९ बैशाख २०८१, शनिबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी वैज्ञानिकहरुको दाबी, पत्ता लाग्यो कोरोना भाइरसविरुद्धको खोप

अमेरिकी बायोटेक फर्म मोडर्नाले कम्पनीले कोरोना भाइरस विरुद्धको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको जानकारी दिएको छ ।

त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको हो । सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ७ सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाउन पुगेका थिए । सो ज्यान गुमाउनेको सङ्ख्या २ हजार७ सय १५ पुगेको जनाएको छ ।

चीनबाहिर कम्तीमा ४९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्