Logo
२९ बैशाख २०८१, शनिबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनपछि दक्षिण कोरीयामा कोरोना भाइरसको विरामी ह्वातै बढ्यो

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढ्न पुगेको छ

बर्तमान समयमा विश्वको चासोको विषय बनेको कोरोना भाइरस अहिले विभिन्न देशमा फैलिनेक्र जारि रहेको छ र पछिल्लो समयमा दक्षिण कोरियामा कोभिड–१९ फैलीने क्रम तिब्र रहेको छ ।

शुक्रबारसम्ममा २२९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन २०४ जनामा सङ्क्रमण भएर सङ्क्रमितको संख्या ४३३ पुगेको बीबीसीले जनाएको छ ।

चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण २ हजार तीन सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार दुई सय ८८ जनामा सङ्क्रमण भएको पाइएको छ । चीनबाहिर विभिन्न देशमा गरी २० जनाको ज्यान गएको र १ हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट २ जनाको ज्यान गइसकेको छ । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिस निस्कन छाडेका छन् ।
कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमितको सङ्ख्या बढेको हो ।
चीनबाहिर सङ्क्रमितको सङ्ख्या तुलनात्मक रुपमा थोरै भए पनि स्वरुप भने चिन्ताको विषय रहेको डब्लुएचओ का डाक्टर टेड्रोस अदानोमले बताएका छन् ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्