Logo
१९ बैशाख २०८१, बुधबार
(February 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको उद्गमस्थल बुहानबाट जहाज काठमाडौंका लागि उड्यो, १७५ मात्र फर्कँदै

कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको बुहानमा रहेका १७५ जना नेपाली लिएर नेपाल एयलाइन्सको बोइङ ३३० काठमाडौका लागि प्रस्थान गरेको छ ।

पाइलट विजय लामाको नेतृत्वमा चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ३३० ज वाइडबहा–डी एज जहाज चीन गएको थियोे ।

शुरुमा १८५ जना नेपाल आउने बताइए पनि ६ जनाको शरीरमा तपक्रम बढेको पाइएपछि चिनियाँ अधिकारीहरूले उनीहरूलाई बिमान चढ्न रोकेका थिए भने चार जनाले भने बुहान मै रहन चाहेको दूताबास स्रोतले जनाकारी गरायो ।

बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाएको हो ।

हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । सचिव अधिकारीले पनि सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गर्नुभयो ।

बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।

प्रकाशित मिति: Feb 15, 2020

प्रतिक्रिया दिनुहोस्