Logo
६ जेष्ठ २०८१, आईतबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देखिनेगरी कृषिमा काम हुन्छ : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् ।

लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै उहाँले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्छ भनेका छन् ।

मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुनेगरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताएका छन् ।

उनले भने, “मैले अध्ययन गरिरहेको छु । म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझँे । केही दिनमा देखिनेगरी कामको शुरुआत हुन्छ ।”

सो अवसरमा प्रदेश सांसद सन्तोष पाण्डे, फकरुद्दिन खान, संविधानसभाका पूर्वसदस्य इस्तियाक अहमद खान, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रजिअ महादेव पन्त, उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी लगायतले लुम्बिनी प्रेस क्लबको गतिविधिले लुम्बिनी क्षेत्रको विकासमा टेवा दिएको बताएका छन् ।

क्लबले १२ धुर जग्गामा चारतलाको अपाङ्ग मैत्री भवन बनाउने क्लबका अध्यक्ष दीपेश पछाईंले बताएका छन् ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्