Logo
६ जेष्ठ २०८१, आईतबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै सम्पन्न भएन ‘सर्भिस ट्रयाक्क’

कोटेश्वर-कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक्क’ निर्माण सम्पन्न हुन सकेको छैन ।

सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्रयाक्कले गति लिन नसकेको हो ।

चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक-एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

सो खण्डको मर्मत दुई वर्ष पहिले शुरु भएपनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले जानकारी दिएका छन् ।

कोटेश्वर सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म तीन वटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन ।

त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उनले भने,“यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।”सडकको लम्बाइ झण्डै १० किमी रहेको छ ।

चीन सरकारको सहयोगमा विसं २०७२ मा सो सडकको निर्माण शुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो ।

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने तीन आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो । खसी बजारदेखि कलङ्कीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो ।

चीन सरकारकै सहयोगमा कलङ्कीबाट धोबीखोलासम्मको सडक पनि आठ लेनमै विस्तार हुने जनाइएको छ । सो सडक खण्डमा पनि ‘सर्भिस ट्रयाक्क’ निर्माण गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्