Logo
२५ बैशाख २०८१, मंगलबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुम्बन गरेको भन्दै जिब्रो चुडाल्ने महिला पक्राउ

अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षिया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुव्र्यवहार गरेको अभियोग लगाइएको छ।

तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो टोकर चुँडाइदिएको प्रहरीले जनाएको छ ।प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा प्रत्यारोपण गरिदिएको छ ।

मिचिगनका वकिलहरुले डेटरोइट निवारी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।यो घटना गत २८ जनवरीमा भएको बताइएको छ ।

मिचिगनको सेन्टर लाइन रिचत ती पीडित पुरुषको कोठामा आपसी सहमतिमा चम्बन कार्य शुरू भए पनि महिलाले भनेकी थिइन। वेजवर्थले चुम्बन गर्न आफ्नो मुखभित्र जिबो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् । तर पुन: चुम्बन गदा उनले फेरि पहिलेकै गल्ती दोहोर्‍याएपछि वेजवर्थले रिसाएर टोकेको बुझिएको छ।

उनलाई यस अपराध बापत अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरियाना हुने बताइएको छ। उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन्। नेपाल समाचारपत्रमा खबर छ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्