Logo
५ जेष्ठ २०८१, शनिबार
(February 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले सुरुवातमा सफलता हात पार्न सफल: करणले लिए विकेट

आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत नेपाल र ओमान बीचको खेल यतिबेला खेल भइरएको छ ।

त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।

खेलमा नेपालले सुरुवातमा सफलता हात पार्न सफल भएको छ । करण केसीले जतिन्दर सिंहलाई ४ रनमा बोल्ड गर्न सफल भएका छन् । ४ ओभरको खेल समाप्त हुँदा ओमानले एक विकेटको क्षतिमा १० रन बनाएको छ ।

एकदिवसीय मान्यता पाइसकेपछि नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ ।
.

प्रकाशित मिति: Feb 5, 2020

प्रतिक्रिया दिनुहोस्